यस सुनसरी जिल्लाको इनरुवा १ शान्ति चौकमा  अव्स्थित N. S. College of Software & hardware Engineering Pvt. Ltd.  ले आफ्नो स्थापना काल देखि नै विभिन्न क्षेत्रमा निरन्तर रुपमा सीप मुलक तथा रोजगारी मूलक प्राविधिक शिक्षा प्रदान गर्दै आईरहेको छ । जस अनुरुप हाल सम्ममा हामीले ८००० जना भन्दा बढी दक्ष जनशक्त्तिको निर्माण गरिसकेका छौं । जस अनुरुप केही दक्ष जनशक्त्तिले स्थानिय स्तरमा रोजगारीका विभिन्न अवसरहरु पाईसकेका छन । हाम्रो संस्थाले उत्पादन गरेका दक्ष जनशक्त्तिहरु स्थानिय बजारको विभिन्न संघ ,संस्था ,व्यवसाय,सहकारी संस्था तथा स्थानिय बैंकिङ्ग क्षेत्रमा कार्यरत छन् । साथै हामिले उत्पादन गरेका जनशक्तिहरु स्थानिय स्तरमा प्राप्त सीपलाई रोजगारीको माध्यमबाट आत्मनिर्भर भएका छन र सीप सिकि बैदेशिक रोजगारीमा पनि गएका उल्लेख्निय उदाहरणहरु छन। अहिलेको सुचना तथा प्रविधिको युगमा सम्पूण विश्वलाई नै Global IT Village को अवधारणा दिएको अवस्थामा हामी तथा हाम्रो यस संस्थाले स्थानिय स्रोत तथा साधनलाई पूर्णरुपमा सदुपयोग गर्दै देशका युवाहरुलाई रोजगारी मूलक विभिन्न प्राविधिक तथा सीपमुलक शिक्षा प्रदान गर्न सदैव तत्पर छौं ।